स्ववियु चुनावको उम्मेदवारी दर्ता आज, मिनभवनमा आगजनी, त्रिचन्द्रमा ताला

आठ वर्ष पछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आज उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्दैछन् । संशोधित कार्यतालिका अनुसार शनिबार सार्बजनिक विदा भए पनि स्ववियु चुनाव हुने काठमाडौं उपत्यकासहित देशभरका क्याम्पसहरुमा उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, आंगिक र नेपाल सँस्कृत विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा फागुन १८ गते स्ववियु निर्वाचन हुँदैछ । हरेक दुई-दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन यसपटक आठ वर्ष पछि हुँदैछ । यसपटक स्ववियु निर्वाचनकै इतिहासमा पहिलोपटक २८ वर्षे उमेर हद र मिश्रति चुनाव प्रणाली अपनाइँदैछ ।
निर्वाचनको सुरक्षाका लागि क्याम्पसहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
त्रिभुवन विश्वविद्यालयले सार्बजनिक गरेको कार्यतालिका अनुसार फागुन १४ गते उम्मेदवारी दर्ता हुनेछ । १५ गते दिउँसो १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोही दिन दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । सोही दिन पाँच बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
मिनभवन क्याम्पसमा आगजनी, त्रिचन्द्रमा ताला
विद्यार्थी भर्ना लगायतका विवादका कारण केही क्याम्पसहरुमा आगजनी र तालाबन्दी भएका छन् । भर्ना विवादका कारण त्रिचन्द्र र अस्कल क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।
मिनभवन क्याम्पसमा फोरम लोकतान्त्रिकका विद्यार्थीहरुले शुक्रबार राति लेखा शाखामा आगजनी गरिदिएका छन् । आगजनीका कारण करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको क्याम्पस प्रशासनले जनाएको छ । सो क्याम्पसमा स्ववियु निर्वाचन पनि अनिश्चित भएको छ ।
राजधानीको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा वैद्य माओवादी निकट अखिल क्रान्तिकारीले विद्यार्थीको रजिष्टर जलाएको छ । स्ववियु चुनावको लागि विद्यार्थी परिचयपत्र वितरण भइरहेका बेला क्रान्तिकारी निकट विद्यार्थीहरुले रजिष्टर खोसेर आगजनी गरेका थिए ।
त्रिवि अन्तर्गत ६० आंगिक क्याम्पसमध्ये काठमाडौं उपत्यकामात्रै २२ क्याम्पस छन् । तिमध्ये करिब करिब डेढ दर्जन क्याम्पसमा बिभिन्न विवादहरु सिर्जना भएका छन् । अन्य क्याम्पसहरुमा भने निर्वाचन प्रक्रिया निर्वाध रुपले अघि बढिरहेको अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले बताए । उनले भने,