राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन प्रस्तावमा समर्थन नगर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावमा समर्थन नगर्ने निर्णय गरेको छ ।
सो पार्टीको संसदीय दलको आइतबार बसेको वैठकले यस्तो निर्णय गरेको हो । साथै यथास्थितिमा संशोधन विधेयक अघि बढाइए प्रत्युत्पादक हुने ठहर पनि राप्रपाले गरेको छ ।
संसदमा ३७ सीट रहेको राप्रपाले संशोधनप्रति असहमति जनाउँदै आए पनि औपचारिक निर्णय भने पहिलो पटक गरेको हो । राप्रपाको निर्णयसँगै संशोधन प्रस्ताव सोझै असफल हुने निश्चित भएको छ ।
त्यसो त एमालेसहितका नौ दलसँग पनि स्पष्ट एक तिहाई मत रहेको छ । इमेजखबरमा समाचार छ ।