मोर्चासहितका दलहरूबीच सहमति जुटे पूरक प्रस्ताव लैजाने, नभए संसद्मा पेस भएको संशोधनमै सहमति खोज्ने सरकारको तयारी
असन्तुष्ट मधेसी मोर्चासँग पनि सहमतिमा आए सरकारले संसद्मा विचाराधीन संविधान संशोधन विधेयकमाथि पूरक प्रस्ताव लैजाने भएको छ । संशोधन विधेयकमाथि संशोधन दर्ता गर्न संसद् सचिवालयले तोकेको ७२ घन्टे अवधिभित्रै राजनीतिक तहमा सहमति जुटेमा सरकारले पूरक प्रस्ताव दर्ता गराउने तयारी गरेको हो । सहमति नजुटे भाषाका विषयमा मात्रै सामान्य संशोधन गर्ने सरकारको योजना छ ।