प्रधानमन्त्रीद्वारा हिमाल, पहाड र तराईको एकतालाई बलियो बनाउन चुनावको मिति घोषणा गरेको दावी

प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल, पहाड र तराईबीचको सामाजिक सद्भाव र एकतालाई बलियो बनाउन चुनावको मिति घोषणा गरिएको बताएका छन् ।
शेर्पा समुदायको नयाँवर्ष ग्याल्पो ल्होसारको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले चुनावले नै सबै समस्याको निकास दिने बताए ।
नेपालका सबै जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायबीच उच्चस्तरको एकता आवश्यक भएकोमा उनको जोड थियो ।
कार्यक्रममा हास्य कलाकारहरु बसुन्धरा भुषाल, दीपकराज गिरीलगायतलाई सम्मान गरिएको थियो । इमेजखबरमा समाचार छ ।