-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका
जिन्दगीले सही बाटो बिराए झैं लागेको छ
आनन्द र खुसियाली गुमाए झैं लागेको छ
मीठामीठा स्वप्नाहरू तितरबितर भए सबै
कताबाट आँधी आयो उडाए झैं लागेको छ
कस्को आँखा लाग्यो कुन्नी हराभरा संसारमा
उमङ्ग र आशा समेत बगाए झैं लागेको छ
अनगिन्ती प्रहारले चिरा पार्यो हृदयलाई
नियतिले तीखो छुरी चलाए झैं लागेको छ
घरिघरि झुक्क्याएर धोका दियो समयले
किन किन दैव पनि रिसाए झैं लागेको छ