गुल्मीको रेसुंगामा भीषण आगोलागी नियन्त्रणबाहिर

गुल्मीको सदरमुकाम तम्घासनजिकै रहेको रेसुंगा क्षेत्रमा शनिबार साँझपख भीषण आगोलागी सुरु भएको छ ।
सदरमुकाम तम्घासको देउरालीनजिकैबाट जंगलक्षेत्रमा सुरु भएको आगोलागी शनिबार साँझसम्म नियन्त्रणबाहिर रहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
प्रहरीकाअनुसार हावाहुरी चलिरहेका कारण आगो नियन्त्रणभन्दा बाहिर रहेको बताइएको छ ।
आगोलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल गुल्म र नेपाली सेनाको टोली परिचालन भएको छ ।
उक्त क्षेत्रमा रहेको नेपाल टेलिकमको टावरसमेत उच्च जोखिममा परेको बताइएको छ । रासस