माधव कुमार नेपालद्वारा मधेसमा एमालेलाई कसैले रोक्न नसक्ने चेतावनी

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मधेसमा एमालेलाई कसैले रोक्न नसक्ने चेतावनी दिएका छन् ।
मेची-महाकाली राष्ट्रिय अभियानको दोस्रो दिन आइतबार सुनसरीको इटहरीमा आयोजित सभालाई सम्बोधन गर्दै नेता नेपालले अबको चुनावबाट एमाले एक नम्बर पार्टी बन्ने दाबीसमेत गरे ।
उनले मधेसी मोर्चाका नेताहरुले आफू मधेसको मसिहा हँु भन्ने तर भारतको ईसारामा नाचेर मधेशी जनताकै घात गरिरहेको आरोप लगाए ।
एमालेको लोकप्रियता देखेदै सत्ताधारी दलहरु एमालेविरुद्ध एकजूट भएर लागेको नेता नेपालको जिकिर थियो ।
मधेशी मोर्चाले एमाले अभियानलाई विथोल्ने त्रासका कारण सुनसरीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । इमेजखबरमा समाचार छ ।