मधेसी मोर्चाको आकस्मिक बैठक बस्दै , एमालेको मेची महाकाली अभियान ३ दिनका लागि स्थगित

काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आकस्मिक बैठक बस्न लागेको छ। सप्तरी घटना पछि मोर्चाको बैठक बस्न लागेको छ।सप्तरी घटनापछिको विषयलाई लिएर मोर्चाको आकस्मिक बैठक बस्न लागेको सद्भावना पार्टीका महासचिव मनिष सुमनले  बताए।
सप्तरी घटनाबारे छलफल गर्न र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा बैठकले निर्णय लिने उनले बताए।
नेकपा एमालेको मेची- महाकाली अभियानको क्रममा सप्तरीमा आयोजित सभाकै क्रममा प्रहरीसँग झडप हुँदा एक मोर्चा कार्यकर्ताको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ।
एमालेको मेची महाकाली अभियान तीन दिनका लागि स्थगित
त्यसै गरी  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची महाकाली अभियान तीन दिनका लागि स्थगित भएको छ ।
सप्तरी घटनापछि एमालेले अभियान रोकेको हो । शनिबार झापाको बिर्तामोडबाट सुरु भएको एमालेको अभियान सोमबार सप्तरी पुगेको थियो । तर, त्यहाँ मधेसी मोर्चाको विरोध मात्र सामना गर्नु परेन, झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
लगतै रुपनगरमा बसेको एमाले स्थायी कमिटीकेा आकस्मिक बैठकले षड्यन्त्रको गन्ध आएको भन्दै तीन दिनका लागि अभियान नै स्थगित गर्ने निर्णय गरेको छ ।
बैठक रुपनगरस्थित एमाले नेता सुमनराज प्याकुरेलको घरमा अहिले पनि जारी छ । रासस