आन्दोलनकारीद्वारा जिल्ला हुलाक कार्यालयमा तोडफोड, कर्मचारीलाई कुटपिट

बन्द  अवज्ञा नगरेको भन्दै आन्दोलनकारीले जिल्ला हुलाक कार्यालय पर्सामा मंगलबार तोडफोड गरेका छन् । 
वीरगन्जको मुर्लीबगैंचास्थित जिल्ला प्रहरी कार्यालय पर्सानजिकै रहेको हुलाक कार्यालयमा मंगलबार अपराह्न करिब १.३० बजे मोटरसाइकलमा पुगेका आन्दोलनकारीको समूहले तोडफोड गरेको हो ।
आन्दोलनकारीले कार्यालयको झ्यालको सिसा, कम्युटर, कुर्सी, टेबुल तोडफोड गर्नाको साथै सेवा प्रवाह गरिरहेका कर्मचारीलाईसमेत कुटपिट गरेको कार्यालयका निमित्त प्रमुख प्रदीपकुमार मेहताले जानकारी दिए ।
हुलाक कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेपछि कार्यालयको सुरक्षा बढाइएको स्थानीय प्रशासनले जनाएको छ ।
यता, सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दको प्रभाव पर्सामा परेको छ ।
बन्द आह्वानकर्ताले बिहानैदेखि वीरगन्जका विभिन्न चोकमा टायर बाली लामो तथा छोटो दुरीका सवारी