प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् । साथै उनले चुनाव सम्पन्न गर्ने काममा केन्दि्रत हुन पनि मातहतका निकायलाई निर्देशन दिएका छन् ।
बिहीबार राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तनको अनुभूति जनताको तहसम्म पुर्याउन स्थानीय चुनाव अपरिहार्य रहेको बताए ।
संविधानले स्थानीय तहको निर्वाचन हुँदै केन्द्रीय तहको निर्वाचन गर्ने व्यवस्था गरेकाले त्यसमा दायाँबायाँ गर्ने अवस्था नरहेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन पनि स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन सबै दलहरु अग्रसर हुनुपर्नेमा जोड दिए ।