प्रेम अाचार्य र प्रदिप राज पाण्डे
जुम्ला । जुम्लामा हिजो साझ देखी तापक्रम अत्यन्त घटेको छ ।
बुधवार साँझ एक्कासी तापक्रम घट्नुका साथै सिमसिम पानी समेत परेको थियो भने रातिदेखी तापक्रम घटेर माइनस २ देखी ३ डिग्रि पुगेको छ।
बुधवार राती देखी भने जुम्लाको सदरमुकाम खलङगा तथा वरीपरीका क्षेत्रहरु चेरेचौर पटमारा डाफे लेक तथा आसपासका क्षेत्रहरुमा बाक्लो हिमपात हुँदा घरको काम तथा बिद्यालयको पठनपाठन समेत आम्शिक रुपमा प्रभाबित बनेको छ।
यस बर्ष आबस्यक मात्रामा हिउ परेको हुँदा आगामी बर्ष स्याउ उत्पादनलाई भने फाईदा पुर्याउने कर्णाली प्राबिधिक शिक्षालयका कृषि प्रशिक्षक हरी पौडेलको दाबी छ ।