स्थानीय तह कार्यान्वयन आएसँगै धनकुटाका ग्रामिण क्षेत्रका बासिन्दा उत्साहित बनेका छन् । तर भौतिक पूर्वाधार र कर्मचारी अभाव तथा सेवा सुविधा अभावका कारण कार्यान्वयन प्रक्रिया प्रभाबकारी बन्न सकेको छैन ।
धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका गरि कुल सात स्थानीय तहको निर्धारण गरिएको छ । तर सबै नगर तथा गाउँपालिकामा भौतिक पूर्वाधार र कर्मचारी अभाव तथा विभिन्न सेवा सुविधा अभावका कारण कार्यान्वयन पक्षमा निकै समस्या देखिएका छन् ।
समस्यै समस्याकाबीच पनि उपलब्ध स्रोत साधनको बहुउपयोग गरि सेवा बिस्तारमा लागिएको धनकुटा नगसपालिकाका कार्यकारी अधिकृत तिर्थप्रसाद धिताल बताउँछ । इमेजखबरमा समाचार छ ।