नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार स्थानीय तहको निर्वाचनबाट भाग्न खोजेको आरोप लगाएका छन् ।
नेकपा एमाले ६ नम्बर प्रदेश कमिटीले शनिबार सुर्खेतमा गरेको आमसभालाई सम्बोधन गर्दै उनले एमालेको पक्षमा बढ्दो जनलहर देखेर सत्ताधारी दलहरु आत्तिएको बताए ।
राष्ट्रियताको पक्षमा दृढरुपमा उभिएकै कारण जनताले एमालेलाई विश्वास गरेको उल्लेख गदै उनले एमालेप्रति जनता आकर्षित भएको कारण चुनाव नगर्ने कोसिस भइरहेको दाबी गरे । कुनैपनि बहानामा चुनाव रोकिन नहुने उनको भनाइ थियो ।
सभामा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्ताधारी दलहरुको कारण चुनाव नहुने सम्भावना बढेको बताए ।
उनले घोषणा गरेको चुनाव गर्न नसक्ने भए सत्ता छोड्न नेपाली कांग्रेस र माओवादी केन्द्रलाई चेतावनीसमेत दिए । इमेजखबरमा समाचार छ ।