पार्टीको विधानबाट हिन्दू धर्म र राजसंस्था शब्द हटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको प्रदर्शनमा तनाव भएको छ ।
आयोगको निर्णय पुनर्विचार गर्न माग गर्दै सोमबार दिउँसो बहादुर भवनस्थित निर्वाचन आयोग घेराउ गर्न गएको राप्रपाको ठूलो समूहले प्रहरी घेरा तोड्ने प्रयास गरेपछि लाठी चार्ज र अश्रुग्यास प्रहार गर्यो ।
राप्रपा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा चार मन्त्री र राज्यमन्त्रीसहित तेस्रो शक्तिकोरुपमा सहभागी छ ।
सत्तारुढ राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाको नेतृत्वमा आयोगमा धर्ना दिने कार्यक्रम थियो । तर, धर्नामा थापा देखिएनन् ।
धर्नामा पूर्वअध्यक्ष पशुपतिशमसेर जबरा भने सहभागी थिए । स्थिति तनावपूर्ण भएपछि उनलाई सुरक्षाकर्मीले सुरक्षित स्थलतर्फ लगेका थिए ।
प्रहरीले लाठीचार्ज र अश्रुग्यास हान्न सुरु गरेपछि राप्रपाका कार्यकर्ताले पनि ढुंगामुढा गरेका थिए ।
राप्रपाको विधानमा रहेको राजसंस्था र हिन्दू राष्ट्रसम्बन्धी वाक्यांश नेपालको संविधानसँग बाझिएको भन्दै आयोगले शुक्रबार हटाइदिएको थियो ।
राप्रपाको विधानको प्रस्तावनामै