पछिल्लो समय बालबालिकामा हुने ब्लड क्यान्सरको जोखिम बढ्दै

पछिल्लो समय बालबालिकामा हुने ब्लड क्यान्सरको जोखिम बढ्दै गएको छ । के कारणले ब्लड क्यान्सर हुन्छ भन्ने कारण पत्ता लाग्न नसक्दा बिरामीको संख्या बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

यदि तपाईको बच्चा हिड्दा हिड्दै थाक्न, कमजोर हुन थाल्यो, जोर्नी र जोर्नीको आसपासको ठाउ दुख्यो, तौल अस्वभाविक रुपमा घट्दै जाने, समय समयमा ज्वरो आउने जस्ता लक्षण देखा पर्न थाल्यो भने विचार पुर्‍याउनु होला, तपाईको बच्चालाई कतै ब्लड क्यान्सर त भएको छैन !
पछिल्लो समय वालबालिकामा हुने ब्लड क्यान्सर बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । बालबालिकामा ब्लड क्यान्सर किन हुन्छ भन्ने पत्ता लाग्न नसकेका कारण यसको समस्या बढ्दै गएको चिकित्सक बताउँछन् । इमेजखबरमा समाचार छ ।