अब राष्ट्रिय दल हुन निर्वाचनमा एक सिट जित्नै पर्ने, तीन प्रतिशत थ्रेसहोल्ड

निर्वाचनमा समानुपातिक प्रतिनिधित्वका लागि राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले तीन प्रतिशत थ्रेस होल्ड राख्न सिफारिस गरेको छ। 
बुधबार सिंहदरबारमा बसेको बैठकले समानुपातिकमा प्रतिनिधित्व गर्न कूल खसेको मतको तीन प्रतिशत ल्याउनुपर्ने र एक जना प्रत्यक्ष निर्वाचित हुनुपर्ने गरी सिफारिस गरेको हो।
साना दलको बिरोधका बिच भर्खरै उपसमितिले यसलाई पारित गरेर समितिमा सिफारिस गरेको हो। अब यसलाई राज्य व्यवस्था समितिले अनुमोदन गरेपछि राजनीतिक दल सम्बन्धी विधेयक संसदमा जान्छ।
राष्ट्रिय दलको मान्यता प्राप्त गर्न लागि तीन प्रतिशत थ्रेस होल्ड र प्रत्यक्षमा एक सिट जित्नुपर्ने प्रावधान राखिएको छ। अब यसलाई समितिमा पठाइन्छ, समितिमा सदस्य गंगालाल तुलाधरले भने, कुल मतको तीन प्रतिशत र एक जना प्रत्यक्ष निर्वाचित हुनु पर्ने गरी उपसमितिले सिफारिस गरेको छ, सांसाद तथा उपसमितिका संयोजकसमेत रहेका तुलाधारले सेतोपाटीलाई भने।
थ्रेस होल्डमा साना दलहरुले असहमति जनाउँदै आएका छन्। साना दलको विरोधकाबीच उपसमितिले तीन प्रतिशत थ्रेस होल्डको सिफारिस गरेको हो। एक सिट पनि प्रत्यक्षमा नजित्दा पनि थ्रेसहोल्डको सजिलो प्रावधानका कारण अहिले संसदमा एक दुई सिटे साना दलहरु धेरै छन्।
यसैबीच राज्य व्यवस्था समितिको निर्णयविरुद्ध साना दलहरु आक्रोसित भएका छन्। उनीहरुले यो निर्णयविरुद्ध सदनमा कुरा उठाउने जनाएका छन्। सेतोपाटीमा समाचार छ ।