सुर्य भुसाल
हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको जिल्ला भेला शनिबार सम्पन्न भएको छ । प्रमूख अथिति नेपाली काँग्रेसका महामन्त्री एवं सांसद सशांक कोईरालाले स्थानीय निकायको निर्वाचनमा आम कार्यकर्ता तथा नेता आगामी स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन लाग्न आग्रह गर्नुभएको छ ।
नेपाली काँग्रेसमा गटउपगुट भएको हल्ला निराधार रहेको बताउँदै प्रमूख अथिति डा. कोईरालाले कम्युनिष्टलगायतका अन्य पार्टीहरुले पनि विपिको सिद्धान्त अंगिकार गर्दै हिडेकोले हामी चाँही बोल्न डराउन नहुने बताउँनुभयो ।
प्रमूख अथिति डा. कोईरालाले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधान टोकरीमा फल्ने अवस्था आउन दिने कि कार्यान्वयनमा ल्याउने हाम्रो जनताको हातमा रहेको बताउँदै हरेक विकास निर्माण, स्वास्थ्य, शिक्षा, सडक खोनपानीलगायतमा काँग्रेसको मात्र हात रहेको बताउनुभयो ।
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं सांसद महालक्ष्मी उपाध्याय डिनाले स्थानीय तहको निर्वाचनबाट केन्द्रमा भएको शक्ति अब आम व्यक्तिमा आईपुग्ने बताउँदै काँग्रेस पार्टीसंग विकास र समृद्धि जोडिएकाले यसको प्रचार जनतासम्म पु-याउन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
केन्द्रीय सदस्य रामकृष्ण यादवले एमाले र मधेशी मोर्चाको अतिवादले देशमा समस्या आएको बताउनुभयो । त्यस्तै काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले काँग्रेस पार्टी देशमै पहिलो पार्टी रहेको र अव हुने स्थानीय तहको निर्वाचनमा पनि पहिलो बनाउन सम्पूर्ण नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो ।
मान्छेलाई रोटी खाएर सुत हैन सोच भन्नुपर्ने बताउँदै शर्माले काँग्रेस उग्रतामा हैन विनम्रता लाग्ने पार्टी भएकाले यो कुरा कम्युनिष्टहरुले पनि काँग्रेसबाट सिक्नुपर्ने बताउनुभयो ।
त्यस्तै नेपाली काँग्रेस मकवानपुर सभापति तथा नेपाल सरकारका गृहराज्य मन्त्री ईन्द्रबहादुर बानियाँले आफूलाई सांसद जिताएपछि मकवानपुर जिल्ला धेरै विकास निर्माणका कार्यक्रम गर्नुभएको बताउनुभएको छ ।
काँग्रेस मकवानपुरका उपसभापति विष्णु लामिछानेले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा पार्टी मकवानपुरका सचिव बुद्ध लामाले सांगठानि प्रतिवेदन, कोषाध्यक्ष गोपीलाल विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।