एसीसी इमर्जिङ टिम्स कप क्रिकेट अन्र्तगत आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ ।
१ सय ८१ रनको सामान्य चुनौती पाकिस्तानले ४५ दशमलब १ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।उसको जितमा ओपनर ईमाम उल हकले १ सय ४ रन बनाए ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप लामिछानेले दुई / दुई विकेट हात पारे ।
बंगलादेशको शेख कमल अन्तराष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।
ओपनर सुनिल धमलाले सर्बाधिक ४३ र शरद भेषावकरले ३८ रन बनाए । बिनोद भण्डारीले २२ रन जोडे भने दिपेन्द्र सिंह ऐरी १४, सागर पुन ४ र कप्तान मल्ल २ रनमा आउट भए आरिफ शेखले नटआउट १६ रन जोडे ।
नेपालले आफ्नो दोस्रो खेलमा भोली आयोजक बंगलादेशको सामना गर्ने छ । बंगलादेशले आज हङकङलाई ८ विकेटले पराजित गरेको छ । यो समाचार हामीले कान्तिपुर बाट लिएका हौ ।