काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटरमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
पश्चिमबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ३९९५ नम्बरको बसलाई सोही दिशातर्फ गुडिरहेको युपी ५८ टि ५४७ भारतीय ट्रकले ठक्कर दिएको इलाका प्रहरी नवलपुरले जनाएको छ ।
ट्रकले बसलाई ठक्कर दिँदा पाँच जनाको घटनास्थलममै मृत्यु भएको हो । बस बिग्रेर टायर फेर्ने क्रममा आज विहान करिब पौने तीन वजे ट्रकले बसलाई ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा दाङका १६ वर्षीय राम चौधरी, १७ वर्षीय वीरबल चौधरी, सुर्खेतका ३८ वर्षीय हरिराम राम्जाली मगर र ट्रकका चालक भारत विहार घर भएका २५ रियाज खान र अर्का एक जना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको मध्यबिन्दु सामुदायिक अस्पताल डन्डामा उपचार भइरहेको छ ।