एमाले अध्यक्ष ओलीद्वारा जनतामा रहेको भोटलाई एमालेले बढाएर लैजाने भन्दै २०७४ साल एमालेमय हुने दाबी

  नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनतामा रहेको भोटलाई एमालेले बढाएर लैजाने भन्दै २०७४ साल एमालेमय हुने दाबी गरेका छन्। एमालेका काम कारवाही देखेर अन्य दलहरु आत्तिएको बताएका छन्। 
नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार आयोजना गरेको पार्टी प्रवेश विशेष कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष ओलीले अबको निर्वाचनमा जनतामा भएको भोट एमालेले बडार्ने बताएका हुन्।
एमाले ठूलो पार्टी बन्न नभई देश बनाउन अग्रसर भएकाले जनताको भोट सबै एमालेलाई प्राप्त हुने विश्वास अध्यक्ष ओलीले व्यक्त गरे। उनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नयाँ क्यालकुलेटरमा भोट गन्दै गर्दा जनताको भोट एमालेले लगिसक्ने दाबी समेत गरे। अन्य दलमा भएकाहरुलाई पनि आफ्नो पार्टीमा आउन आव्हान गर्दै उनले जनलहर सबै एमालेतर्फ आएपछि अन्य पार्टीको साईनबोर्ड मात्रै बाकि रहने दाबी समेत गरे।
एमाले कुनै जात र ठाउँ विशेषको पार्टी नभएको भन्दै एमालेको शक्तिबाट डराएका अन्य दलले आफूहरुको राष्ट्रनिर्माण अभियानलाई कमजोर पार्न खोजेको भन्दै त्यस्तो कदापि हुन नदिने उद्घोष गरे।
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले घोषणा गरेका काम पुरा गर्नुको सट्टा विगारेको भन्दै वर्तमान सरकारलाई सच्याउन नभई विगार्न मात्र आउने आरोप समेत लगाए । एमालेलाई तह लगाउने भए काम गरेर देखाउन पनि उहाले चुनौति दिए। फास्ट ट्रयाक लगायत एमालेले अघि सारेका विकास निर्माण र नविनिर्माणका कामका बारेमा कतिपयले सुन्दै नसुनेको भन्दै व्यङ्गय गरे। उनले आगामी २०७४ साल एमाले मय हुने उद्घोष समेत गरे।
सिन्धुपाल्चोकबाट विभिन्न पार्टीमा रहेर संविधानसभा निर्वाचनमा उम्मेदवार समेत बनेका लगायत दर्जन बढीलाई अध्यक्ष ओलीले एमालेमा प्रवेश गराएका हुन्। सेतोपाटीमा समाचार छ ।