काठमाडौंमा वैशाख १ गतेदेखि हर्न बजाउन नपाइने

काठमाडौं उपत्यकामा वैशाख १ गतेदेखि हर्न बजाउन नपाइने भएको छ। 

काठमाडौं महानगरपालिका, यातायत व्यवस्था विभाग,ट्राफिक  प्रहरी र सरोकारवालाहरुको आज बसेको बैठकले नयाँ वर्षदेखि काठमाडौं उपत्यकामा हर्न बजाउन नपाइने नयाँ नियम लगाउने निर्णय गरेको छ। 
ध्वनी प्रदुषण बढेको भन्दै त्यसलाई कम गर्न सरोकारवाला निकायहरुले नयाँ नियम लगाउन लागेका हुन्। एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकलले भने साइरन बजाउन पाउनेछन्। 
नियम अटेर गर्नेलाइ कडा कारबाही गरिने  काठमाडौं महानगरपालिकाले जनाएको छ। सेतोपाटीमा समाचार छ ।