तीन दलबाट ९ जना प्रधानमन्त्री भइसक्दा पनि केही गर्न सकेनन्

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन ठूला दल असफल भएको दाबी गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र नयाँ शक्तिका करिब ६ सय नेता-कार्यकतालाई पार्टी प्रवेश गराउन आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले तीन दलबाट ९ जना प्रधानमन्त्री भइसक्दा पनि केही गर्न नसकेको आरोप लगाए ।
१६ बुँदे सहमतिको जगमा संविधान बनेको भन्दै गच्छदारले सोही सहमति पालना नगर्दा मुलुकमा राजनीतिक संकट बढेको जिकिर गरे ।
राजनीतिक परिवर्तनका उपलब्धिलाई संस्थागत गर्न असफल भए त्यसको जिम्मेवारी तीन दलले लिनुपर्ने उनको भनाइ थियो । इमेजखबरमा समाचार छ ।