कास्कीमा विगत केही दिनदेखि परेको असिना पानीले करिब १० करोडको क्षति भएको छ। जिल्ला कृषि कार्यालय कास्कीले दिएको जानकारी अनुसार कास्कीका विभिन्न क्षेत्रमा लगाएको तरकारीबाली र मकै खेतीमा असिना पानीले क्षती पुर्याएको छ।
असिना पानीले २६ हेक्टरमा लगाएको मकै खेतीमा करिब ४ करोडको क्षेती पु-याएको जिल्ला कृषि कार्यालय कास्कीका प्रमुख लोकेन्द्र बोहोराले जानकारी दिए। उनले २६ हेक्टरमा ३० प्रतिशत क्षती पुर्याएको बताए। त्यसै गरी करिब साढे ४ करोडको तरकारी बालीमा क्षती पुर्याएको छ भने अन्य खेती र बालीमा करिब १ करोडको क्षती पुर्याएको उनले बताए।
२ सय ६५ हेक्टरमा लगाएको तरकारी खेतीमा ६० प्रतिशत क्षती पुगेको बताए । मुख्य गरी कास्कीको धम्पुस, धिताल, पुरुन्चौर, हेम्जा लगाएका ठाउँमा बढी नोक्सान गरेको उनको भनाई छ। हावापानी कार्यालयका पोखराका अनुसार पछिल्ला पाँच दिनमा १ सय ८ मिलिलिटर पानी परेको छ।
प्रि-मन्सन सुरु भएका कारण असिना पानी सहित वर्षा हुने हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकालले बताए। उनले मार्च, अप्रिल र मे महिना प्रि मन्सुनको महिना भएको बताए। उनले यो समयमा असिना, पानी र चट्याङ पर्ने बताए। सेतोपाटीमा समाचार छ ।