कांग्रेसको स्थानीय निर्वाचनलाई केन्द्रित गरेर चुनावी सभा शुरु

नेपाली कांग्रेसले आजदेखि स्थानीय निर्वाचनलाई केन्द्रित गरेर चुनावी सभा थाल्दैछ ।
पहिलो सभा प्रदेश नम्बर ७ मा गर्दै कांग्रेसले चुनावी अभियान सुरु गर्न लागेको हो । कैलालीको अत्तरियामा हुने सभालाई कांग्रेसका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
यससँगै सात वटै प्रदेशमा सभा गरिने कांग्रेसले जनाएको छ । सभालाई संम्वोधन गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. सशांक कोइरालालगायत शीर्ष नेता अत्तरिया पुगिसकेका छन् ।
स्थानीय निर्वाचनका लागि काँग्रेसले बनायो नेपालको लोकतान्त्रिक संविधान ! स्थानीय निर्वाचनमा नेपाली काँग्रेसलाई मतदान !! भन्ने नारा कांग्रेसले तय गरिसकेको छ । इमेजखबरमा समाचार छ ।