नेपाल प्रहरीका डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त

सरकारले नेपाल प्रहरीका डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो ।
सरकारले गत माघ २९ गते डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने निर्णय गरेकोमा त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।
सर्वोच्चले गत चैत ८ गते सरकारी निर्णय उल्ट्याउँदै कार्यसम्पादन मूल्यांकन र वरिष्ठताको आधारमा प्रहरी महानिरीक्ष नियुक्त गर्न आदेश दिएको थियो ।
सर्वोच्चले कार्यसम्पादन मूल्यांकनमा डीआईजी नवराज सिलवाल अगाडि रहेको तथ्य दिएको थियो ।
तर, उपप्रधानमन्त्रीहरुको वरिष्ठता विवादले लामो समय मन्त्रिपरिषद बैठकसमेत बस्न नसक्दा अदालतको आदेशअनुसार महानिरीक्षको नियुक्ति हुन सकेको थिएन ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले चारजना डीआईजीको कार्यसम्पादन मूल्यांकनको अंक अध्ययन गर्न भन्दै गृहसचिवको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको थियो ।
सोही आधारमा प्रकाश अर्याललाई नियुक्त गरिएको दाबी गरिएको छ । इमेजखबरमा समाचार छ ।