नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास काठमाडौंमा सुरु


 नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।
सगरमाथा फ्रेन्डसीप नाम दिइएको विशेष फौजको दुई देशको संयुक्त तालिम महाराजगन्जस्थित सैनिक ब्यारेकमा सुरु भएको हो ।
यस प्रकारको संयुक्त सैन्य तालिमबाट प्रतिआतंकवाद कारबाहीको क्षमतामा अभिवृद्धि हुने र दुई देशको आपसी सम्बन्ध थप मजबुत् हुने विश्वास लिइएको जनाइएको छ ।
तालिमको शुभारम्भ कार्यक्रममा नेपाली सेनाका उच्च अधिकृत, नेपालका लागि चिनियाँ सैनिक सहचारी र दुबै देशका संयुक्त सैन्य तालिममा सहभागी शिक्षक तथा शिक्षार्थीहरुको उपस्थिति रहेको थियो । इमेजखबरमा समाचार छ ।