
शैक्षिक क्षेत्रका सरोकारवालाहरुबीच नयाँ शैक्षिकसत्रको सुरु भएसँगै जुहारी चल्न थालेको छ ।
शैक्षिकसत्रसँगै निजी विद्यालयहरुले शुल्क बढाएपछि सरोकारवालाहरुले आपत्ति जनाएका हुन् । निजी विद्यालय व्यवस्थापकहरुले भने आफ्नो कदमको बचाऊ गरेका छन् ।
सोमबार भक्तपुरमा गरिएको एक अन्तरक्रियामा अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी, प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फे र एनप्याब्सनका कर्णबहादुर शाहीबीच निजी विद्यालयले बढाएको शुल्कबारे आरोप-प्रत्यारोप चलेको होे ।
प्याब्सनका अध्यक्ष सम्बाहाम्फे तथा एनप्याब्सनका अध्यक्ष शाहीले आफ्नो संगठनमा आवद्ध विद्यालयहरुले शुल्क नबढाएपनि अभिभावकहरुले बिनाआधार शुल्क बढाएको प्रोपोगन्डा थालेको आरोप लगाए ।
तर, अभिभावक संघका अध्यक्ष पुरीले प्याब्सन र एनप्याब्सनले सर्वाेच्च अदालतको आदेशसमेतलाई अवज्ञा गर्दै मनोमानी ढंगले शुल्क बढाएको र यसबाट अभिभावकहरु मारमा परेको जिकिर गरे । इमेजखबरमा समाचार छ ।