राष्ट्रपति भण्डारी पाँच दिने भ्रमण भारतको राजधानी दिल्लीमा

बाबु रोका मगर 
भारतका राष्ट्रपति प्रवण मुखर्जी को निमंत्रणा मा नेपालकी प्रथम महिला राष्ट्रपति विद्या देवी भण्डारी पाँच दिने भारत भ्रमण आउनु भएको छ राष्ट्रपति लाइ विमानस्थल मा  भारतका राज्यमंत्री कृष्ण राज ले स्वागत गर्नु भएको थियो । 
 
राष्ट्रपति भण्डारी विमानस्थल बाट ओर्लिएर भारतीय राष्ट्रपति भवन तर्फ गएपछि सोहि दिन साँझ ६ बजे नेपाली राजदुतावास दिल्लीमा प्रवासी नेपालीहरु संग भेटघाट कार्यक्रममा उपस्थित हुनुभयो । 
राष्ट्रपति जस्तो राष्ट्रको जिम्मेवार ब्याक्तित्व नेपाली राजदुतावासमा उपस्थिति हुदा न कुनै बाजागाजा थियो न राष्ट्रिय गित नै बजाइयो त्यहाको माहोल देख्दा सामान्य नेतालाई बोलाएर चेहेरा देखाउन लगाएको जस्तो देखियो सुरक्षा पनि फितलो थियो | राष्ट्रपति जस्तो ब्याक्ति को उपस्थितिमा भारत सरकारले त उच्च स्तरिय स्वागत गरेनन तर नेपाली राजदुतावास परिसरमा भब्य स्वागत हुनेपर्ने त्यहाँ पनि भब्य स्वागत नहुदा कमिकमजोरीहरु हामि नेपालीहरुमा नै देखियो । 
राष्ट्रपति नेपाली राजदुतावासमा उपस्थिति भएपछी भारतका लागि राजदुत दीप कुमार उपाध्याय ले स्वागत मन्तब्य राख्नु भएको थियो | त्यसपछि राष्ट्रपति ले छोटो मन्तब्य को साथमा प्रवासी नेपालीहरुलाई नयाँ बर्षको हार्दिक शुभकामना दिएर विदा हुनुभएको थियो |