कालीकोटमा पहिराले एकै परिवारका तीनसहित चार जनाको मृत्यु

स्थानीय लालीघाट बजारमा आज साँझ आएको पहिराले एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा कालीकोट नरहरिनाथ गाउँपालिका-१ साबिक कुमालगाउँ गाविस-९का ४० वर्षीय गोर्ख सिकाल विक, घन सिकाल विक र १३ वर्षीया बास्कुरा सिकाल विक तथा सान्ने त्रिवेणी गाउँपालिका, मुम्रा निवासी टोपबहादुर केसी छन् । 
घटनामा सान्ने त्रिवेणी-३ की भावना देवकोटा रहेको प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो । पहिराले चिया पसलमा चिया खान बसेकाहरु र पसल सञ्चालकको मृत्यु भएको हो । 
अस्थायी प्रहरी चौकी हुल्मका प्रहरी हवल्दार सुरेन्द्र थापाले अहिले पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले उद्धारमा कठिनाइ भएको बताए । रासस