पाल्पामा ट्रिपर दुर्घटना, चारजनाको मृत्यु

पाल्पा – पाल्पामा आइतबार दिउँसो भएको ट्रिपर दुर्घटनामा चार जनाको ज्यान गएको छ । सुनवलबाट पाल्पाको मरेकमा ढुङ्गा लिन छुटेको लु १ ख ९०३१ नम्बरको ट्रिपर तिनाउ गाउँपालिका-३ भलाएवासमा दुर्घटनामा परेको हो । 
दुर्घटनामा परि चालक तिनाउ ६ का २७ वर्षिय पुरन सारु, उहाँका श्रीमती २४ बर्षिया बाल कुमारी, छोरा ५ वर्षिय हेमेस र सहचालक २२ वर्षिय विमल कनौजे मगरको घटनास्थलमै ज्यान गएको दोभान प्रहरी चौकीका प्रमुख राजाराम कुर्मीले जानकारी दिनुभयो । 
अप्ठयारो भिरमा ट्रिपर खसेकाले बेलैमा उद्दार गर्न नसकिएको प्रहरीले जनाएको छ । यसअघि आक्ष्तबार बिहान पाल्पाकै पालुङ्गमैनादीमा भएको जिप दुर्घटनामा ३० वर्षिय दान बहादुर गाहाको ज्यान गएको थियो । बुटवलका अन्लाईनहरुमा समाचार छ ।