निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । पहिलो चरणको कार्यतालिका समेत हेरफेर गरेको छ । आन्दोलतनर मधेसी मोर्चासँगको सहमतिपछि सरकारले बैशाख-३१ र जेठ-३१ दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ ।
सरकारको उक्त निर्णयलाई आयोगले स्विकार गर्दै निर्वाचनको नयाँ कार्यक्रम ल्याएको हो । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सरकारको निर्णय र राजनीतिक वातावरण सहज बन्दै गएको अवस्थालाई आयोगले सकारात्मक रुपमा लिएको बताए ।
सोमबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा यादवले भने राजनीतिक सहमतिपछि बनेको वातावरणलाई सबैले सकारात्मक रुपमा लिनुपर्छ । आयोगले जेठ ३१ को दोस्रो चरणका निर्वाचनका लागि जेठ १९ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम ल्याएको छ । जेठ २२ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।
आयोगले पहिलो चरणको निर्वाचन कार्यक्रमलाई हेरफेर गर्दै बैशाख १९ गते उम्मेदवार मनोनयको दर्ता दिन तोकेको छ । यसअघि १६ गते उम्मेदवारीको दिन तोकिएको थियो ।
मधेसी मोर्चाको माग अनुसार सरकारले आयोगलाई उक्त अवधि बढाउन आग्रह गरेको थियो । कान्तिपुरमा समाचार छ ।
हेर्नुस पहिलो र दोस्रो चरणको निर्वाचन कार्यक्रम :