सत्तापक्ष र प्रमुख विपक्षी दलबीच नयाँ बानेश्वरमा भएको छलफलपछि स्थानीय तहको संख्या वृद्धि गर्ने निर्णय फिर्ता भएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
ढकालका अनुसार दलहरुबीच स्थानीय विकास मन्त्रालयले पठाएको पत्र फिर्ता लिंदै समस्या समाधानका लागि पुन: दलहरुबीच सहमति गर्ने निर्णय भएको छ ।
निर्वाचन घोषणा भइसकेपछि स्थानीय तहको संख्या बढाउन जिल्लामा पत्राचार गरेको भन्दै बुधबार बिहान बसेको संसद बैठक प्रमुख विपक्षी एमालेले अबरोध गरेको थियो । यो समाचार हामीले कान्तिपुरबाट लिएको हो ।