स्थानीय निर्वाचन नजिकिँदै गर्दा पनि दलहरुबीच सहमति हुन नसकेकोप्रति प्रमुख निर्वाचन आयुक्तको असन्तुष्टि


 प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा पनि दलहरुबीच सहमति हुन नसकेकोप्रति असन्तुष्टि जनाएका छन् ।
गैरसरकारी संस्थाका प्रतिनिधिहरुसँग बिहीबार राजधानीमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले छिट्टै राजनीतिक सहमति कायम गरी निर्वाचनको वातावरण सुनिश्चित पार्न सरकारलाई आग्रह गरे । उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबैसँग सहयोगको अपीलसमेत गरे ।
डा. यादवले स्थानीय तहमा आफ्नो अधिकार प्रयोग गर्नबाट कोही पनि बञ्चित हुन नपरोस् भनेर आयोग सचेत रहेको बताए । इमेजखबरमा समाचार छ ।