निजी विद्यालयहरुले बढाएको शुल्क फिर्ता लिने सहमति भएपछि विद्यार्थी संगठनहरुले शुल्कवृद्धिविरुद्ध गरेको आन्दोलन शुक्रबार फिर्ता लिएका छन् ।
शुल्क फिर्ता नलिने विद्यालयहरुको दर्ता खारेजी गर्ने सहमति भएको विद्यार्थी नेताहरुले बताएका छन् ।
यो सहमतिसँगै विद्यार्थी संगठनहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको नेविसंघका उपाध्यक्ष पुष्पकुमार शाहीले जानकारी दिए ।
आन्दोलनरत् विद्यार्थी संगठन र शिक्षामन्त्री धनीराम पौडेलबीच शुक्रबार भएको वार्तामा १५ दिनभित्र शुल्क फिर्ता लिने र फिर्ता नगर्ने विद्यालयको दर्ता खारेज गर्ने सहमति भएको हो । इमेजखबरमा समाचार छ ।