व्यवस्थापिका-संसदमा पेस गरेको संविधान संशोधन विधेयकमाथि २४ वटा संशोधन दर्ता

सरकारले व्यवस्थापिका-संसदमा पेस गरेको संविधान संशोधन विधेयकमाथि २४ वटा संशोधन दर्ता भएको छ ।
संसद सचिवालय सिंहदरबारमा सबैभन्दा बढी संशोधन नेकपा एमालेले २१ ओटा, नेपाल मजदुर किसान पार्टीले २ ओटा र मालेले एकओटा दर्ता गराएका छन् ।
सरकारले गत सोमबार संसदमा संविधान संशोधन प्रस्ताव पेस गरेको थियो ।
संसद नियमावलीको नियम १२२ अनुसार संसदमा प्रस्तुत् विधेयकमाथि सैद्धान्तिक छलफलमात्रै हुनेछ । त्यसपछि संसद नियमावली १२७ अनुसार सांसदहरुले संशोधन प्रस्ताव राख्न पाउनेछन् ।
संशोधन पेस गर्न चाहने कुनै सांसदले विधेयकमाथि छलफल सकिएको ७२ घन्टाभित्र संशोधनसहितको सूचना महासचिव वा सचिवलाई दिनुपर्नेछ । उक्त संशोधनको बुँदा सांसदहरुलाई उपलब्ध गराइनेछ ।
संविधान संशोधन विधेयकको धारा वा उपधारा वा त्यसमा प्रस्तुत् भएको संशोधनलाई सभामुखले एक/एक गरी बैठकमा प्रस्तुत् गर्नुपर्ने हुन्छ ।