कांग्रेस र माओवादीद्वारा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता

सत्तारुढ कांग्रेस र माओवादीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका छन् ।
कांग्रेस सांसद मिन विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतसहितका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् ।
प्रस्तावमा २४९ सांसदले हस्ताक्षर गरेका छन् ।
महान्यायाधिवक्ता रमन श्रेष्ठले प्रधानन्यायाधीश कार्कीले कार्यकारीको अधिकारमा हस्तक्षेप गरेको उल्लेख गरे । उनले भने, आईजीपी नियुक्तिका विषयमा पहिलोलाई दोस्रो र दोस्रोलाई पहिलो बनाएर कार्यसम्पादन मूल्यांकन तोडमरोड गरेकाले महाअभियोग लगाउनु परेको हो । कान्तिपुरमा समाचार छ ।