
१२८ औँ अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा पहिचान, सम्मान, सुरक्षा र समानता, सम्पूर्ण श्रमिक एक हुन गरौँ प्रतिबद्धता भन्ने नारा सहित अनौपचारिक तथा मनोरञ्जन क्षेत्र (दोहरी साँझ , डान्स रेष्टुरेण्ट, मसाज पार्लर, खुला तथा क्याविन रेष्टुरेन्ट ) मा कार्यरत श्रमिक महिलाहरुको अगुवाई तथा विभिन्न संघ, संस्था, संजालहरुको संयुक्त आयोजनामा अनौपचारिक तथा मनोरन्जन क्षेत्रलाई व्यवस्थित र यस क्षेत्रमा कार्यरत श्रमिक महिला उपरको श्रम शोषण अन्त्य गर भन्ने माग सहित विभिन्न साँस्कृतिक प्रस्तुति सहितको कार्यक्रम आयोजना तथा रातो रिवन अभियान सुरुवात गरिएको छ ।
श्रमिक महिला, संघ संस्था प्रतिनिधि र विद्यार्थी गरि ३ सय ५० भन्दा बढिको उपस्थिीति रहेको काठमाण्डौंमा आयोजित सो कार्यक्रममा नजिकिदै गरेको स्थानिय तहको निर्वाचनमा श्रमिक महिलाहरुको प्रतिनिधित्व तथा उम्मेद्वारहरुले यस क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकारको आवाज उठान गर्नु पर्ने, कामको सम्मान हुनु पर्ने कुरालाई जोड दिइएको थियो ।
अनौपचारिक तथा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुले श्रमिक दिवस हाम्रो पनि हो भन्ने मान्यता स्थापित गर्न १ मेइ २०१७ देखि एक हप्तासम्म अन्र्तराष्टिय श्रमिक दिवस अंकित गरिएको रातो रिवन लगाई कार्यक्षेत्रहरुमा काम गर्ने अभियान सुरुवात गरिएको छ । विगत एक दशकदेखि यस क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुले श्रमिकका रुपमा आफनो पहिचान र
अधिकारको लागि निरन्तर संर्घष गर्दै आइरहेको छौँ । यद्यपी सामाजिक तथा कानूनी रुपमा यस क्षेत्रमा कार्यरत श्रमिकहरु विरुद्ध विभेद तथा सिमान्तिकरणको अन्त्य भएको छैन ।
अनौपचारिक तथा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिला विरुद्ध विद्यमान समस्या समाधानका लागि सरकार जवाफदेही हुँदै संसोधनको क्रममा रहेको श्रम ऐन २०४८ ले यस क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकारलाई समेट्दै सुनिश्चित गर्न यस संस्था जोडदार माग गर्दछ । साथै महिलाको श्रमको पहिचान र सम्मान गर्दै यस क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुले देशको अर्थतन्त्रमा पुयाइरहेको योगदानको कदर गर्न सम्पूर्णमा ध्यानाकर्षण गराइन्छ ।
महिलाको निम्ति महिला मञ्च नेपालकी अध्यक्ष गोमावती पुनले जारी गरेको प्रेस बक्तव्यमा भनिएको छ ।



