पोखरा, भरतपुर र हेटौंडामा एमाले उम्मेदवारको टुंगो लाग्यो

प्रमुख प्रतिपक्षी नेकपा एमालेको सोमबार बसेको स्थायी समिति बैठकले पोखरा, भरतपुर र हेटौंडाका लागि मेयर तथा उपमेयरको नाम टुंगो लगाएको छ। पोखराका महानगरपालिकाका लागि मेयरमा मानबहादुर जिसी र उपमेयरमा मञ्जु गुरुङको नाम टुंगो लागेको छ। 

यहाँ पार्टी जिल्ला कमिटीबाट मेयरका लागि मानबहादुर र कृष्ण थापाको नाम सिफारिस गरेको थियो। यसमध्ये स्थायी समितिले मानबहादुरको नाम टुंगो लगाएको हो। त्यस्तै, भरतपुर महानगरपालिकाका लागि मेयरमा देवी ज्ञवाली र उपमेयरमा विद्या आचार्यको नाम टुंगो लागेको छ।
 हेटौंडा उपमहानगरपालिकाका लागि मेयरमा हरिबोल महत र उपमेयरमा मीना लामा टुंगो लागेको छ। एमालेले काठमाडौं र ललितपुरका लागि मंगलबार निर्णय गर्नेछ। 
जिल्ला कमिटीले काठमाडौंका लागि विद्यारत्न शाक्य, जीवनराम श्रेष्ठ लगायत पाँच जनाको नाम सिफारिस गरेको थियो। सोमबारको बैठकमा गौरी प्रधान र केशव स्थापितको नामबारे पनि छलफल भएको स्रोतले बतायो। सेतोपाटीमा समाचार छ ।