वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिका मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।
काठमाडौमा निर्वाचनका लागि ४७ दल दर्ता भएका थिए । काठमाडौं महानगरपालिकाको मेयरमा २१ र उपमेयरमा १२ जनाले उम्मेदवारी दिएका छन् ।
सबैजसो उम्मेदवारले काठमाडौको विकास र स्वच्छ वातावरणलाई मुख्य एजेन्डा बनाएका छन् ।