स्थानीय निर्वाचनका लागि सम्बन्धित प्रदेशका सबै विद्यालय वैशाख २५ देखि ३१ गतेसम्म बिदा हुने

 स्थानीय तहको निर्वाचनका लागि सम्बन्धित प्रदेशका सबै विद्यालय यही वैशाख २५ देखि ३१ गतेसम्म बिदा हुने भएका छन् ।
यही वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्बर-३, ४ र ६ मा स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचन आयोगको आग्रह र शिक्षा मन्त्रालयको निर्देशनमा चार दिन विद्यालयमा बिदा दिने निर्णय भएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए ।
सो बिदाबापत् अन्य समयमा पढाएर विद्यार्थीलाई क्षतिपूिर्त दिइनेछ ।
कतिपय विद्यालयमा मतदान केन्द्र हुने र निर्वाचनपूर्व राजनीतिक गतिविधि बढ्ने भएकाले विद्यालयमा निर्वाचनअघि विगतमा पनि बिदा दिइन्थ्यो । रासस