काठमाडौँ महानगरपालिकाको १६२ पदका लागि ८८७ जनाको उम्मेदवारी

काठमाडौँ महानगरपालिकाको १६२ पदका लागि ८८७ जनाको उम्मेदवारी परेको छ । 

वैशाख ३१ गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मङ्गलबार रातिसम्म चलेको उम्मेदवारी दर्ताका क्रममा १६२ पदका लागि ८८७ जनाको उम्मेदवारी परेको हो । 
मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले प्रमुखमा २८, उपप्रमुखमा १३ र विभिन्न वडाका अध्यक्ष र सदस्यमा ८४६ जनाको उम्मेदवारी परेको जानकारी दिए।  
प्रमुख पदमा १२ जनाले राजनीतिक दलबाट उम्मेदवारी दर्ता गराएका छन् भने १६ जना स्वतन्त्र उम्मेदवार छन् । उपप्रमुखमा राजनीतिक दलबाट सात जनाको उम्मेदवारी परेको छ भने छ जना स्वतन्त्र उम्मेदवार छन् । 
काठमाडौँ महानगरपालिकाका ३२ वडामा ३४० मतदान केन्द्र राखिएका छन् र यहाँ दुई लाख ७१ हजार २२१ मतदाता रहेका छन् । 
काठमाडौँ महानगरपालिकाका ३२ वडाबाट पाँच