सबैभन्दा बढी उमेरमा सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्न सगरमाथाको आधार शिविर पुगेका मीनबहादुर शेरचनको शनिबार निधन भएको छ ।
७६ वर्षको उमेरमा सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गरेका शेरचनको कीर्तिमान जापानका आरोहीले तोडेपछि फेरि नयाँ कीर्तिमान राख्न उनी यसपटक त्यसतर्फ पुगेका थिए । उनी अहिले ८६ वर्षका थिए ।
शनिबार साँझ ५ बजेर १४ मिनेट जाँदा उनको हृदयघातबाट निधन भएको सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधार शिविरबाट जानकारी दिए ।
शेरचनको शवलाई आइतबार लुक्ला हुँदै राजधानी लगिने उनले बताए । इमेजखबरमा समाचार छ ।