नेपाली कांग्रेस धादिङले चुनाव प्रचारमा प्रयोग गरेका दुई वटा गाडिमा अज्ञात समूहले आगजनी गरेको छ ।
धुनिबेसी नगरपालिका-५ चुनाव प्रचारमा प्रयोग गरिएका दुई वटा गाडिमा शनिबार राति आगजनी भएको हो ।
युनाईटेड सिमेन्ट कारखाना नजिकै राखिएका बा ३ च १७०३ र बा १२ च १२७६ नम्बरका गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ ।
आगो कसले लगायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि धादिङकै थाक्रे गाउँपालिकामा शनिबार एमाले वडाअध्यक्ष पदका उम्मेदवारले प्रयोग गरेको गाडिमा पनि अज्ञात समूहले आगजनी गरेको थियो । इमेजखबरमा समाचार छ ।