स्थानीय निर्वाचनका लागि ४ नम्बर प्रदेशको सुरक्षा व्यवस्था मजबुत्

स्थानीय तह निर्वाचनका लागि ४ नम्बर प्रदेशको सुरक्षा व्यवस्था मजबुत् बनाइएको त्यस क्षेत्रका सुरक्षा प्रमुखहरुले बताएका छन् ।
सोमबार पोखरामा क्षेत्रीय प्रशासन कार्यालयले गरेको पत्रकार सम्मेलनमा क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले ४ नम्बर प्रदेशमा सुरक्षाको कुनै कमी नहुने बताइन् ।
सो प्रदेशमा १४ लाख १३ हजार मतदाता रहेका छन् भने २ हजार २ सय ५७ मतदानस्थल रहेका छन् ।
तीमध्ये ५५५ मतदानस्थललाई अतिसंवेदनशील, ७३१ लाई संवेदनशील र बाँकी मतदानस्थललाई सामान्यरुपमा वर्गीकरण गरिएको जानकारी पनि उनले दिइन् ।
यस्तै, नेपाल प्रहरीका डीआइजी मधुप्रसाद पुडासैनीले छिटफुट घटना भएपनि निर्वाचनका लागि सुरक्षाको व्यवस्था बलियो पारिएको बताए ।
प्रत्येक मतदानस्थलमा १५ जना सुरक्षाकर्मी खटाइने जनाइएको छ । इमेजखबरमा समाचार छ ।