पोखरा-लेखनाथमा कांग्रेस र माओवादी केन्द्रद्वारा चुनावी प्रचार-प्रसारमा सँगै जाने सहमति

पोखरा-लेखनाथ महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच केन्द्रीय सहमतिअनुसार चुनावी तालमेल बनेको छ ।
कांग्रेस र माओवादी केन्द्रले आपसमा सहयोग गर्दै चुनावी प्रचार-प्रसारमासमेत सँगै जाने सहमति गरेका छन् ।
कांग्रेसको तर्फबाट कास्की कांग्रेसका सभापति कृष्ण केसी र माओवादी केन्द्रका तर्फबाट जिल्ला अध्यक्ष दीपक कोइरालाले मंगलबार संयुक्त प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिअनुसार पोखरा-लेखनाथ महानगरपालिकामा मेयर पदमा माओवादी केन्द्रले कांग्रेसका रामजी कुँवरलाई सघाउने छ भने अरु पदमा दुबै दलका आ-आफ्ना उम्मेदवार रहेका छन् ।
सहमतिलाई अक्षरश पालना गर्ने माओवादी केन्द्रका कास्की अध्यक्ष दीपक कोइरालाले बताए । इमेजखबरमा समाचार छ ।