स्थानीय निर्वाचन संघारमा आइरहँदा दलहरु आफ्नो पक्षमा मतदाता तान्नमा व्यस्त
बैशाख २७ गते, २०७४ मा प्रकाशित
स्थानीय तहको निर्वाचन संघारमा आइरहँदा राजनीतिक दलका नेताहरु आफ्नो पक्षमा मतदाता तान्नमा व्यस्त छन् ।
सधैं सुनसान र एकान्त लाग्ने बस्तीहरुमा चहल-पहल निकै बढेको छ । हरेक दिन राजनीतिक दलका नारासहितको माइकिङ भइरहेकै छ ।
घरका भित्ताहरु विभिन्न दलका प्रचार सामग्रीले रंगिएका छन् भने घरको धुरीमा विभिन्न राजनीतिक पार्टीका झन्डा फहराइएका छन् ।
काठमाडौंको शिरानमा रहेको बूढानीलकन्ठ नगरपालिकामा पनि निर्वाचनको माहोल निकै तातेको छ ।
सबै दलहरुले मतदातालाई आर्कषित गर्न राष्ट्रियदेखि स्थानीय विकास निर्माणका मुद्दाहरुलाई प्राथमिकताकासाथ मतदातासमक्ष राखिरहेका छन् ।
बूढानीलकन्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजु श्रेष्ठ, एमालेका उत्तम खरेल र माओवादी केन्द्रका रविन अधिकारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
सडक विस्तार, खानेपानी र धुवाँरहित सुन्दर नगर बनाउनेजस्ता प्रतिबद्धताका साथ उनीहरु चुनावी मैदानमा छन् । इमेजखबरमा समाचार छ ।