आसन्न स्थानीय निर्वाचन भड्किलो र खर्चिलो हुने


आसन्न स्थानीय तह निर्वाचन भड्किलो र खर्चिलो हुने एक संस्थाले गरेको अनुगमनमा देखिएको छ ।
मतदानअघि दलहरुले विभिन्न स्थानमा आचारसंहिता उल्लंघन गरेको पनि जनाइएको छ ।
शुक्रबार काठमाडौंमा आमनिर्वाचन पर्यवेक्षण समितिले स्थानीय तह निर्वाचनका सन्दर्भमा प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचन आयोगका तर्फबाट व्यवस्थापकीयस्तरमा केही कमी-कमजोरी रहेको जनाएको हो ।
प्रमुख पदमा महिलाको प्रतिनिधित्वमा दलहरुले कन्जुस्याइँ गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
निर्वाचनको दिन नजिकिँदै गर्दा दलहरुबीचमा हिंसात्मक घटना हुन थालेकोमा सजग हुन पनि आग्रह गरिएको छ । इमेजखबरमा समाचार छ ।