स्थानीय तहको निर्वाचनमा सहभागी हुन भारतबाट आएका १५० जनाभन्दा बढी नेपाली नवलपरासीमा पर्ने नेपाल-भारत सीमानाका भैंसालोटनमै रोकिएका छन् ।
भारतकको पश्चिम चम्पारणमा पर्ने विभिन्न सहरमा काम गर्ने उनीहरु सीमानाका बन्द हुनेबारे अनविज्ञ हुँदा वाल्मिकी नगरको भैंसालोटनमा रोकिएका हुन् ।
सोमबार बिहानसम्मका लागि नाका बन्द गरिँदा भैंसालोटनबाट आउन नसकेका नेपालीलाई सुस्ताबाट डुंगा प्रयोग गरेर वा ठूठीबारीको नाका प्रयोग गरेर आउनसक्ने सल्लाह दिइएको नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बताए ।
नाकासँग जोडिएको विनयी-त्रिवेणी गाउँपालिकाको वडा नम्बर-६ र ७ मा आइतबार स्थानीय तह निर्वाचन हुँदैछ । इमेजखबरमा समाचार छ ।