.jpg?1494773626910)
काठमाडौं महानगरपालिकाका ३२ वटा वडामा भएको स्थानीय तह निर्वाचनको मतपेटिका राष्ट्रिय सभागृहमा ओसार्ने क्रम जारी छ। सबै मतपेटिका आइसेकपछि सबै उम्मेदवार वा उनीहरुका प्रतिनिधिसँगको बैठकपछि मतगणना हुनेछ।
आइतबार मध्यरातबाटै मतगणना सुरु हुने भनिएको थियो। तर, सबै प्रक्रिया पूरा गरी गणना थाल्न ढिला भएकाले सोमबार बिहान ८ बजे सर्वदलीय बैठक गरेर मतगणना सुरु गर्ने निर्वाचन अधिकृतले बताएका छन्। – सेतोपाटीमा समाचार छ ।