धादिङ जिल्लाभरका १ सय ४ वडाहरु मध्ये ८२ स्थानको मतगणना सम्पन्न भएको छ । विहीवार अपरान्ह सम्म प्राप्त नतिजा अनुसार धादिङका २ नगरपालिका सहित १३ स्थानीय तहका ९ वटाको सवै पदमा प्रमुख र उपप्रमुख सहित सवै नतिजा सार्वजनिक भैसकेकोछ ।
सार्वजनिक भएको नतिजा अनुसार धुनीवेंसी नगरपालिकासहित थाक्रे, सिद्धलेक, नेत्रावती, गंगाजमुनामा एमालेले जितेको छ । नेपाली कांग्रेसले खनियावास र ज्वालामुखीमा प्रमुख पद जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले रुवीभ्यालीमा जितेको छ ।
मतगणना कार्य जारी रहको र अझै त्रिपुरासुन्दरी, गजुरी, गल्छी, वेनीघाट र नीलकण्ठ नगरपालिकामा धमाधम मतगणना भैरहेको निर्वाचन कार्यालयले जनाएकोछ ।
मतगणना भैरहेका स्थानीय निकायमा नेपाली कांग्रेस नीलकण्ठसहित २, वेनीघाटमा माओवादी केन्द्र र अन्यमा नेकपा एमाले अग्रस्थानमा रहेकोछ ।
प्राप्त नतिजा अनुसार एमालेले ४८, नेपाली कांग्रेस १६, माओवादी ११ र राप्रपा ३ वटा वडामा जितेको छ । कान्तिपुरमा समाचार छ ।